Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • २५८ स्वदेशी तथा विदेशी उद्योग स्थापनाका लागि १ खर्ब ८४ अर्ब लगानी

    २५८ स्वदेशी तथा विदेशी उद्योग स्थापनाका लागि १ खर्ब ८४ अर्ब लगानी

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 219
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ सय ५८ वटा स्वदेशी तथा विदेशी उद्योग स्थापनाका लागि १ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ लगानीको प्रस्ताव स्वीकृत गरिएको छ ।

    उद्योग विभागले गत साउनदेखि फागुनसम्ममा स्वदेशी उद्योगका लागि १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको हो । विभागले ८ महिनाको अन्तरालमा २९ अर्ब १३ करोडको विदेशी लगानी प्रस्ताव स्वीकृत गरेको पनि जनाएको छ ।



    प्रस्तावित कुल १ खर्ब ८४ अर्ब लगानीमध्ये १ खर्ब २५ अर्ब ८७ करोड रुपैयाँ स्वदेशी र २९ अर्ब १३ करोड रुपैयाँ विदेशी रहेको तथ्यांक उद्योग विभागको रहेको छ ।



    उद्योग विभागले साउनदेखि फागुनसम्ममा २ सय ५८ वटा उद्योगका लागि लगानी स्वीकृत गरेकामध्ये ३२ वटा ठूला उद्योग, २२ वटा मझौला उद्योग र २ सय ४ वटा साना उद्योग रहेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार