Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उद्योग मन्त्रालयः उपसचिव दाहाललाई सुराकीको जिम्मा

    उद्योग मन्त्रालयः उपसचिव दाहाललाई सुराकीको जिम्मा

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाको सुराकीको भूमिका उपसचिव सुरेश दाहालले निर्वाह गर्दै आएका छन् ।

    १७ महिना बागमती प्रदेशको प्रमुख सचिवमा रही उद्योग मन्त्रालयमा सरुवा भए लगत्तै निरौलाले दाहाललाई काजमा मन्त्रालयमा तानेका हुन् ।



    उद्योग मन्त्रालय मातहतको खानी तथा भूगर्भ विभागमा दाहाल कार्यरत थिए । उनलाई मन्त्रालय तानेर विभाग प्रशासनिक नेतृत्वविहीन बनाइएको थियो ।



    लामो समयपछि विभागमा मन्त्रालयबाट उपसचिव उर्मिला केसीलाई खटाइएको छ । केसीको सरुवासँगै दाहालले पनि उद्योग मन्त्रालयमै दरबन्दी कायम गराएका छन् ।

    सुनसरीका दाहाल निरौलालाई दाइ भनेर सम्बोधन गर्दछन् । उनीहरुबीच पारिवारिक साइनो समेत रहेको जानकारहरु बताउँछन् । कर्मचारी प्रशासन शाखाको नेतृत्वमा दाहाललाई ल्याइएपछि निरौलाले उनैमार्फत् काम गर्दै आएका छन् ।

    कर्मचारीको सरुवा, पदस्थापन गर्नेदेखि लिएर उद्योग विभाग, कम्पनी रजिष्टार लगायतका निकायमा कर्मचारी पठाउँदा खेरी निरौलाका अर्थ संकलनको काम तिनै दाहालले गर्दै आएको स्रोतको दाबी छ ।

    दाहाल निरौला कार्यकक्षमा प्रवेश गर्नेवित्तिकै डायरी बोकेर छिर्ने गर्दछन् । र, लामो समय सचिव र उपसचिव उनीबीच भलाकुसारी हुने गरेको छ ।

    सो समयमा सहसचिवहरुसमेतले प्रवेश पाउँदैनन् । मन्त्रीको सचिवालय, वाणिज्य सचिव र अन्य सहसचिवहरुले सचिवको बारेमा गरेका अघिल्ला दिनका गन्थनहरु जस्ताको तस्तै निरौलालाई कुरा लगाएर दूरी बढाइदिने काम गरेका छन् ।

    यही कारण मन्त्रालयभित्र उनलाई ‘नारद’को संज्ञा दिने गरिएको छ । मन्त्रीको सचिवालयले उक्त शाखामा अर्कै उपसचिव पठाउन खोजे पनि निरौलाकै कारण हुनसकेको छैन ।

    निर्णय भएको पत्र दिन पनि आनाकानी गर्ने, सचिवको चाकरी नगर्ने कर्मचारीहरूलाई बेवास्ता गर्ने स्वभावका दाहाल कार्यकक्षमा प्रायः भेटिँदैनन् ।

    उनी मन्त्री, सचिव र सहसचिवको कार्यकक्षमा ओहोरदोहोर गरिरहन्छन् । स्वास्थ्य मन्त्रालयको तत्कालीन क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत रहेदेखि नै दाहालले कमाउधन्दा सुरु गरेका हुन् ।

    त्यसपछि काठमाडौं भित्रिएका दाहाल कान्ति बाल अस्पतालमा समेत कार्यरत रहेका थिए । उपत्यकाबाहिर सरुवा गर्न खोजेमा घरायसी समस्या देखाएर छल्दै आएका दाहाल कम बोल्ने घुसघुसे उपसचिवका रूपमा चिनिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार