Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उद्योग बिभाग जान दाहाल र गौतमले खुट्टा उचाले, खत्री र पँगेनीको सेटिङ भत्कँदै

    उद्योग बिभाग जान दाहाल र गौतमले खुट्टा उचाले, खत्री र पँगेनीको सेटिङ भत्कँदै

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । उद्योग विभागका विवादास्पद निर्देशक हरि पँगेनीलाई सरुवा गरिएको छ । विभागका महानिर्देशक बाबुरामा गौतमले उनका बारेमा अनेकथरी गुनासो आएपछि बिहीबार अनुमति शाखाबाट सरुवा गरेका छन् ।

    पँगेनीलाई अनुमतिबाट घरेलु तथा साना उद्योग शाखामा खटाइएको छ । घरेलु त था साना उद्योगकी शान्ता मरासिनीलाई टेडमार्क शाखामा लगिएको छ । अनुमति शाखामा मनोज रेग्मीलाई जिम्मा दिइएको छ ।



    पँगेनीमाथि शाखा अधिकृत बसन्तबहादुर खत्रीको सेटिङमा काम गर्ने गरेको आरोप लाग्दैआएको छ । कार्यालय समयअघि र पछि आएर सेटिङका फाइल टुंगो लगाउने गरेका खत्री, पँगेनी र नासु बालकृष्ण सुवेदीको बिषयमा मिडियामा समाचार र गुनासा आएपछि महानिर्देशक गौतमले उक्त कदम चालेका हुन् ।



    खत्री र सुवेदी कार्यालय समयअघि नै आउने र अरु कर्मचारी आएपछि वल्ड ट्रेड सेन्टरमा रहेका होटल र क्याफेहरुमा खाना खान जाने गरेको समाचार अनलाइन नेपालले सार्वजनिक गरेको थियो ।

    गत मंगलबार आकस्मिकरुपमा राखिएको औद्योगिक प्रबद्र्धन बोर्डको बैठकमा पँगेनी र खत्रीको सेटिङका एजेन्डाले मात्रै स्थान पाएको बताइन्छ । औप्र बैठकको माइन्यून्ट भोलिपल्टै तयार गरी सदस्यहरुको हस्ताक्षरका लागि गोप्यरुपमा कर्मचारी परिचालन गरिएको छ ।

    बोर्ड बैठकको एजेन्डा बितरण गर्नका लागि उद्योग विभागको इतिहासमै पहिलोपल्ट अधिकृत र नासुलाई परिचालन गरेका खत्री र पँगेनीको उक्त कदमप्रति बिभागका कर्मचारीहरु समेत आक्रोशित छन् । आफू बिरामी भएको बहाना गरी खत्रीले अरु अधिकृतलाई पत्र बितरणमा खटाएका थिए ।

    उता, उद्योग मन्त्रालयले भने निर्देशकद्वय हरि पँगेनी र रमिला भण्डारीलाई सरुवा गरी सो स्थानमा उद्योग सचिव मुकुन्द निरौलाका विश्वासपात्र उपसचिव सुरेश दाहाल र सोम गौतमलाई पठाउने तयारी गरेको छ । सचिव निरौलाले भिटो प्रयोग गरी दाहाललाई उद्योग विभागमा पठाउँदैछन् भने गौतमले बिभाग टेक्नका लागि कांग्रेसका नेताहरुको सहारा लिएका छन् ।

    मन्त्रालयको औद्योगिक पूर्वाधार महाशाखाकी प्रमुख सहसचिव चन्द्रकला पौडेलले पनि गौतमलाई विभाग पठाउन सचिव निरौलालाई सिफारिस गरेकी छन् । तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री मिनेन्द्र रिजालका निजीसचिवका रुपमा कार्यरत रहेका गौतम उपसचिवमा बढुवा भएपछि पर्यटन मन्त्रालय हुँदै उद्योग विभाग जानका लागि उद्योग मन्त्रालयमा प्रवेश गरेका हुन् ।

    गौतमले दिनहुँ मन्त्रीको सचिवालय र सचिवको कार्यकक्षमा ५ महिना उद्योग मन्त्रालयको बरन्डामा बसेको जिरह प्रस्तुत विभाग जान दाबेदारी पेश गरेका छन् । झन्डै ३ महिनाअघि मात्र पूर्वाधार शाखाको जिम्मेवारी पाएका गौतमले विभाग जानका लागि कांग्रेस नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालमार्फत् मन्त्री रमेश रिजाललाई भनसुन गराइरहेका छन् भने सोही शक्ति सचिव निरौलालाई पनि लगाउँदैआएका छन् ।

    रिजाल बन्धुलाई प्रयोग गरी दाइ सचिव निरौलामार्फत् उद्योग विभागमा जान खोजेका गौतम निर्णय क्षमता कमजोर भएका कर्मचारी हुन् । मन्त्रालयमा २ सचिवको सहमतिमा मात्र कर्मचारी सरुवा हुने प्रचलन रहेका कारण सचिव निरौलाले चाहँदैमा मात्र गौतम र दाहालको उद्योग विभाग जाने सपना पूरा हुन गाह्रो छ । त्यही बुझेर दुवै जनाले बाणिज्य सचिव नारायण शर्मा दुवाडीलाई समेत विश्वासमा लिन खोजिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार