Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उद्योग बिभागमा खत्रीको चकचकी, बिचौलियाहरुसँग यसरी मिलाउँछन् सेटिङ

    उद्योग बिभागमा खत्रीको चकचकी, बिचौलियाहरुसँग यसरी मिलाउँछन् सेटिङ

     कार्यालय सहयोगीहरु निराश

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले उपसचिव सुरेश दाहाललाई आफ्नो सुराकीको रुपमा प्रयोग गरेको चर्चा ब्यापक छ । उता सोही मन्त्रालय मातहतको उद्योग विभागमा एक शाखा अधिकृतले सुराकीका साथसाथै अधिकांश सेटिङ गर्ने गरेका छन् ।

    स्रोतका अनुसार विभागको अनुमति शाखाका शाखा अधिकृत बसन्तबहादुर खत्रीले विभागका कर्मचारीहरुको बारेमा सुराकी गर्ने र शाखाको काम सेटिङ गरी एक्लै आर्थिक लाभ लिने गरेका छन् । उक्त शाखामा ४ जना शाखा अधिकृत कार्यरत छन् । शाखाको निर्देशकमा हरि पँगेनी छन् । अधिकृतहरुमा खत्रीसहित एकनाथ बाँस्तोला, दीपक दाहाल र हालैमात्र दुर्गादत्त भट्ट पुगेका छन् ।



    भट्ट विश्वराज रेग्मी अष्ट्रेलिया गएपछि गतसातामात्र विभागको उक्त शाखामा खटिएका हुन् । बास्तोला, रेग्मी र दाहालका लागि एउटै कार्यकक्षले चल्दैआएकोमा खत्रीले भने आफ्ना लागि छुट्टै कार्यकक्ष खडा गरेका छन् । निर्देशक पँगेनीको कार्यकक्षसँगैको ठूलो हलमा ४ जना अधिकृतहरु बस्ने गरेकोमा खत्री अनुमति शाखामा सरुवा भएपछि छ्टटै कार्यकक्ष खडा गरेका छन् ।



    उनले सेवाग्राहीहरुसँग गोप्य डिल गर्न छुट्टै कार्यकक्ष बनाएको बताइन्छ । रोचक पक्ष त के छ भने शाखाका अन्य कर्मचारीको प्रवेश भइनसक्दै खत्रीले कामको सेटिङ गरी फाइल अगाडि बढाइसकेका हुन्छन् । अरु कर्मचारी आउँदा केही काम नभएजस्तो गरी प्रस्तुत हुने गरेका छन् । खत्रीले कार्यालय समयपछि पनि बिभागमा सेटिङका काम गर्ने गरेका छ्न ।

    खत्रीले उद्योगीहरुका प्रतिनिधिहरुलाई सम्पर्क गरी निवेदन संकलन गर्ने र प्राप्त निवेदनलाई महानिर्देशककोमा आफैं लगी तोक लाउने, निर्देशक पँगेनीकोमा पुर्याई आफ्नै नाममा तोक लगाउन लगाउने र उक्त फाइललाई उनकै रुचीका नायबसुब्बा बालकृष्ण सुवेदीलाई तोक लगाई टिप्पणी उठाउन लगाउने गरेका छन् ।

    पँगेनी, खत्री र सुवेदीको तीन सदस्यीय सिन्डीकेटका अगाडि अनुमति शाखाका अरु अधिकृत र सुब्बाहरु निरीह जस्तै छन् । आर्थिक लाभ हुने निश्चित भएका र सजिला फाइलहरु पँगेनीले खत्री र सुवेदीलाई नै जिम्मा लगाउने गरेका छन् भने अप्ठ्यारा र लाभ नहुने खालका निवेदन र फाइलहरु अन्य अधिकृत र नासुको भागमा पर्ने गरेको छ ।

    खत्री केही समयअघि ट्रेडमार्क शाखामा कार्यरत थिए । उक्त शाखामा हुँदा पनि उनको जगजगी रहेको थियो । खत्री बाहिर हाँस्ने र भित्रभित्र डस्ने स्वभावका कर्मचारीका रुपमा चिनिन्छन् ।

    ट्रेडमार्क शाखामा हुँदा कानुन ब्यवसायी र बिचौलियाहरुसँग उनको सेटिङ थियो । फाइल खोज्ने, त्यसको ब्यवस्थापन गर्ने काम कार्यालय सहयोगीको भए पनि खत्रीले आफ्नो औकात बिर्सेर त्यसको जिम्मा नासु र अधिकृतकै हुने ब्यवस्था कायम गरेका थिए ।

    अनुमति शाखामा आएपछि पनि कार्यालय सहयोगीले फाइल छुनै पाउँदैनन् ।फाइल नासु र अधिकृतले मात्रै हेर्न पाउने ब्यवस्था गर्नुको पछाडि डिल गर्न सहज होस् र गोप्य रहोस् भन्ने ध्येय हो ।

    अहिले उद्योग विभागका कार्यालय सहयोगीहरु घाम तापेर शाखा अधिकृत र निर्देशकहरुले कुन कुन फाइलमा कसरी बिचौलियाहरुसँग घुस खान्छन् भनेर बिताउने गर्दछन् ।कार्यालय सहयोगीलाई कामबिहीन बनाउने मुख्य भूमिका अधिकृत खत्रीले नै खेलेका हुन् ।

    एक कार्यालय सहयोगीका अनुसार इतिहासमा आफूहरु यसरी कामबिहीन भएर बस्नुपरेको पहिलो पटक हो । विभिन्न निकायबाट आकर्षक कार्यालय खोज्दै उद्योग विभागमा सरुवा भएर आएका कार्यालय सहयोगी हुन् वा करारमा बर्षौैदेखि कार्यरत हुन्, उनीहरु अहिले खत्रीको उछित्तो काढेर दिन बिताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार