Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • औद्योगिक प्रबद्र्धन बोर्डको बैठक बस्दै, विवादास्पद सूर्ती उद्योगहरुको पूँजी र क्षमता बृद्धि गरिंदै

    औद्योगिक प्रबद्र्धन बोर्डको बैठक बस्दै, विवादास्पद सूर्ती उद्योगहरुको पूँजी र क्षमता बृद्धि गरिंदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उद्योगसम्बन्धी नीतिगत निर्णय गर्ने औद्योगिक प्रबद्र्धन बोर्डको बैठक बल्ल बल्ल ६ महिनापछि आज बस्दैछ । मंगलबार अपराह्न ४ बजे बोर्डको बैठक बोलाइएको छ ।

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष हुने बोर्डको बैठक रमेश रिजालले कार्यभार सम्हालेपछि दोस्रो पटक बस्न लागेको हो । प्रत्येक महिना बस्नुपर्ने बोर्डको बैठक पछिल्ला दिनमा ६ महिनामा बल्लतल्ल बस्न थालेको छ ।



    बोर्डको बैठकमा लाने किसिमका थुप्रै फाइलहरु उद्योग विभागको दराजमा पेन्डिङमा छन् । तर, सोझा मन्त्री रिजाललाई बदनाम गराउन जनस्वास्थ्यमा असर पार्ने आधा दर्जन साना तथा मध्यस्तरका उद्योगहरुका पूँजीबृद्धि र क्षमताबृद्धिको प्रस्ताव बोर्डमा बैठकमा लगिंदैछ ।



    विभागको नेतृत्वले एक हप्ताअघि नै बोर्डको एजेन्डाका बारेमा मन्त्री रिजाल, उद्योग मन्त्रालयका सचिव मुकुन्द निरौला र बाणिज्यका सचिव सचिव नारायण शर्मा दुवाडीलाई ब्रिफिङ गरिसकेको भए पनि औपचारिक पत्राचार भने सोमबार दिउँसोमात्र गरिनुले बोर्डको बैठकका बिषयमा अनेकथरी संशय उत्पन्न भएको छ ।

    बोर्डका सदस्य एवं अर्थसचिव कृष्णहरि पुस्कर कर्ण निकट स्रोतले सोमबार दिउँसो मात्र बोर्डको बैठक बस्ने सूचना र एजेन्डा प्राप्त भएकाले आजको बैठकमा सचिव उपस्थित हुने संभावना न्यून रहेको बतायो । आकस्मिक मन्त्रिपरिषदको बैठकबाहेक नियमित बैठकको एजेन्डा र सूचना मन्त्रीहरुलाई कम्तीमा ४८ घन्टाअगाडि नै उपलब्ध गराइन्छ । तर मिनी क्याविनेटको रुपमा रहेको औद्योगिक प्रर्बद्धन बोडको बैठकको सूचना भने २४ घन्टाअघि मात्र दिनुले अनेक संशय उत्पन्न गरेको हो ।

    बोर्डमा आधा दर्जन मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रबैंकका गर्भनर लगायत उच्चपदस्थ ब्यक्तिहरुको सहभागिता रहने गर्दछ । छोटो समयमा पत्राचार गरिएको र पहिले नै कार्यक्रम तय भएका कारण कतिपय पदाधिकारीहरुको सहभागिता आजको बैठकमा नहुने संभावना देखिएको छ ।

    उपस्थित सदस्यको बहुमतका आधारमा निर्णय गर्नकै लागि छोटो समय दिएर बैठक राखिएको बताइएको छ । बैठकको एजेन्डा तयार गर्ने र पत्र बुझाउने जिम्मा पाएको विभागको अनुमति शाखाका निर्देशक हरि पँगेनी र शाखा अधिकृत बसन्तबहादुर खत्रीको ग्रान्ड डिजाइनमा छोटो समय दिएर बैठकको पत्र पठाइएको छ ।

    मन्त्रालय र विभागभरी १५ दिनअघि नै औप्रको बैठक बस्ने चर्चा भइरहेको थियो । तर पँगेनी र खत्रीले विवादास्पद एजेन्डा बोर्डको बैठकमा लैजानका लागि छोटो सूचना दिएर बैठक बोलाइएको बताइन्छ ।

    विभागका महानिर्देशक बाबुराम गौतम, मन्त्री रिजालले समेत एक हप्ताअघि नै बैठकको टुंगो लगाई पत्र पठाउन निर्देशन दिएको भए पनि पँगेनी र खत्रीले सचिव निरौला र दवाडीलाई प्रभावमा पारेर सोमबार मात्र पत्र पठाएका हुन् ।

    औप्र बैठकको इतिहासमै २४ घन्टा अघिमात्र पत्र पठाएर बैठक बस्न लागेको पहिलो पटक हो । विभागमा दर्जनौं एजेन्डाहरु बोर्डमा बैठकको पर्खाईमा छन् । मदिरा र माइक्रो ब्रुअरीको लाइसेन्सका सन्दर्भमा छलफल गरी निक्र्यौैैल गर्नुपर्ने अवस्था छ ।

    तर ती सबै एजेन्डालाई पन्छाएर कसको स्वार्थमा आधा दर्जन सूर्ति उद्योगहरुको क्षमता र पूँजीबृछिको प्रस्ताव लगिंदैछ त्यो भने आश्चर्यको बिषय बनेको छ ।

    विवादमा पर्न नचाहने र बुझेर मात्रै अगाडि बढ्ने स्वभावका महानिर्देशक गौतम र आर्थिक चलखेलमा हम्मेसी पर्न नचाहने मन्त्री रिजाललाई कसले उक्सायो र आजको बैठक बस्दैछ, त्यो भने विस्तारै खुल्नेछ ।

    बोर्डका सदस्यहरुलाई बैठक बस्ने पत्र कार्यालय सहयोगीहरुले बुझाउँदैआएकोमा यसपटक पँगेनी र खत्रीको डिजाइनमा शाखा अधिकृत र नायबसुब्बाहरुलाई परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार