Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उद्योगमन्त्री रिजालले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

    उद्योगमन्त्री रिजालले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 633
    SHARES

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।

    शुक्रबार बिहान दश बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफु मातहत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्‍न शाखाहरुमा छड्के अनुगमन गरेका हुन् ।



    निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखालाई कर्मचारी के कारणले समयमा उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।



    मन्त्री रिजालले राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने मान्यताका साथ आफु अघि बढेको भन्दै कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार