Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इनर्जी ड्रिंक्सको आयात प्रतिबन्ध हटाउने सरकारको तयारी

    इनर्जी ड्रिंक्सको आयात प्रतिबन्ध हटाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 453
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बन्देज लगाएको विदेशी इनर्जी ड्रिंक्सको आयातमा लगाइएको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताएका छन् ।

    नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले प्रतिबन्ध लगाए पनि चोरी पैठारी कायमै रहेकाले सरकारले ठूलो परिमाणमा राजस्व गुमाईरहेको भन्दै आयात खुलाउन प्रयास गरिरहेको बताएका हुन् ।



    ‘विश्व व्यापार संगठनले पनि आयात रोक्न दिँदैन,’ उनले भने, ‘अवैध रुपमा आयात भइरहेको मलाई थाहा छ, प्रतिबन्ध हटाउन प्रयास गर्छु।’



    संसारका कुनै पनि देशमा यसको आयातनिर्यातमा प्रतिबन्ध नभएको इनर्जी ड्रिंक्सलाई सरकारले २०७६ असार २ गतेको राजपत्रमा सूचना प्रकाशित गरी आयातमा प्रतिबन्ध लगाएको थियो ।

    सरकारले मानव स्वास्थ्यका लागि हानिकारक नहुने इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध लगाउनुको प्रस्ट कारण भने खुलाएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार