Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिमस्टेकको व्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत प्रस्थान

    बिमस्टेकको व्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 513
    SHARES

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

    बिमस्टेकको छैठौं सम्मेलन आगामी जेठ ३० देखि ३२ सम्म भारतको कलकत्तामा आयोजना हुँदैछ ।



    नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्द्धन लगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।

    बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पहिलो थाइल्यान्डमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार