Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत जाँदै

    बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत जाँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन भारत जाने भएका छन् ।

    आगामी जेठ ३० देखि ३२ सम्म भारतको कलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उनी भारत जाने भएका हुन् ।



    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री रिजालको भारत भ्रमण स्वीकृत गरेको हो ।



    साथै सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार