Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान

    काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 582
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

    चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म आयोजना हुने १३औं काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    मन्त्री रिजालसंगै भ्रमण टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागीता रहेको छ ।



    सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरुसँगको सम्पर्क संजाल अभिवृद्धि गर्ने र बाह्रय विश्वसँगको खुलापनलाई बढाउनु फेयरको मूख्य उद्देश्य रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार