Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दोहोरो कर हटाउन स्थानीय तहलाई मन्त्री रिजालको आग्रह

    दोहोरो कर हटाउन स्थानीय तहलाई मन्त्री रिजालको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 447
    SHARES

    बारा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन् ।

    जितपुरसिमरा उद्योग वाणिज्य संघको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए संघीय सरकारले उचित कदम चाल्ने बताए ।



    मन्त्री रिजालले उद्योगी–व्यापारीले आर्जन गरेको आयकर तिरे पनि एकीकृत सम्पत्ति कर लगाएर दोहोरो कर स्थानीय सरकारले लिने गरेको जनाउँदै तत्काल फिर्ता लिन स्थानीय तहलाई आग्रह गरे ।



    उनले भने, “जीर्ण उद्योगलाई अब निजी क्षेत्रसमेतको सहभागितामा सञ्चालन गर्ने र सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगले तिर्नुपर्ने जग्गाको भाडा न्यून गरेर व्यवसायीलाई आकर्षित गर्ने योजना रहेको छ ।” निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिनसमेत उपलब्ध गराउन सकिने उनले जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार