Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्री रिजाल भन्छन्- नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी हस्तक्षेप हुँदैन

    मन्त्री रिजाल भन्छन्- नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी हस्तक्षेप हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 381
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीमा सरकारी हस्तक्षेप नहुने बताएका छन् ।

    बिहीबार महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    मन्त्री रिजालले भने, ‘जतिसुकै उच्च ओहदाका भए पनि दोषी छन् भने कारबाही हुनुपर्छ । सरकारबाट यो अनुसन्धान कारबाहीमा हस्तक्षेप हुँदैन ।’



    फरक प्रशंगमा रिजालले स्थानीय तहले सीप बढाउन, सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउन सके समृद्धिको यात्राले गति लिने उल्लेख गरे ।

    त्यसको लागि स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार