Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उधोगमन्त्री रिजाल र भारतीय पेट्रोलियम मन्त्रालयका प्रतिनिधिबीच भेटवार्ता

    उधोगमन्त्री रिजाल र भारतीय पेट्रोलियम मन्त्रालयका प्रतिनिधिबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 585
    SHARES

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवबीच भेटवार्ता भएको छ।

    पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल-भारत संयुक्त कार्य समूहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन आएका टोलीले आज बैठकपश्चात मन्त्री रिजालसँग मन्त्रालयमा भेट गरेको हो।



    मन्त्री रिजालसँगको भेटमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवले बैठकमा छलफल भएका विषयहरुमा थप प्रष्ट पारेका थिए।



    बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्याँसको क्षेत्रमा थप अध्ययन गर्नेलगायतका अन्य विविध विषयहरुमा छलफल भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार