Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

    सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 564
    SHARES

    बारा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

    वीरगञ्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगग्राम निर्माणका लागि पहल भइरहेको उनको भनाइ थियो ।



    वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सिर्सियामा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोग आवश्यक भएको जिकिर गरे ।



    बजेट अभावले नागरिकमुखी योजना कार्यान्वयन गर्न कठिन भएको उल्लेख गर्दै उनले यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन मन्त्री रिजाललाई आग्रह गरे । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार