Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

    राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 324
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने सविन पौडेल, कागेश्वरी मनहरा बस्ने सितेशकुमार यादव र काठमाडौं थली बस्ने रोशन रानाभाट रहेका छन् ।



    उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ ।



    प्रश्नपत्र आउट गरी काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका विरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार