Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रिय परीक्षा बोर्डले भन्यो – अनुगमनको नाममा हुल लिएर परीक्षा हलमा नजानू

    राष्ट्रिय परीक्षा बोर्डले भन्यो – अनुगमनको नाममा हुल लिएर परीक्षा हलमा नजानू

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 408
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान अनुरोध गरेको छ ।

    बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा जानाले परीक्षार्थीको लेखन कार्य प्रभावित भएको भन्ने गुनासा आएको भन्दै यसो नगर्न अनुरोध गरेको हो ।



    हिजो भएको अंग्रेजी विषयको परीक्षामा यस्तै समस्या भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासो आएको भन्दै अब यसो नगरी परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन बोर्डले एक विज्ञप्ति जारी गर्दै सोहीमार्फत् सम्बन्धित सबैलाई आग्रह गरेको छ ।



    बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।

    यस्तो छ बोर्डले जारी गरेको विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार