Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम खुल्यो

    कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 651
    SHARES

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न भनेको छ ।

    एक सूचना जारी गर्दै बोर्डले परीक्षा आवेदन फाराम भर्न भनेको हो ।



    कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ र ७७ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मात्र) परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनिएको छ ।



    सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न पनि सूचित गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार