Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उद्योग मन्त्रालयका ५ सहसचिवको जिम्मेवारी हेरफेर, वाणिज्य विभागको महानिर्देशकमा चिलुवाल

    उद्योग मन्त्रालयका ५ सहसचिवको जिम्मेवारी हेरफेर, वाणिज्य विभागको महानिर्देशकमा चिलुवाल

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 708
    SHARES

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका दुई जना सहसचिवको वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारमा पदस्थापन गरेको छ भने मन्त्रालयकै ४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेको छ । विभागको महानिर्देशको जिम्मेवारी तीर्थ चिलुवाललाई दिइएको छ भने ठकुरलाई मन्त्रालय तानेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण महाशाखाको जिम्मेवारी दिइएको हो ।



    त्यस्तै योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा रहेका जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको जिम्मेवारी दिइएको छ । औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ ।



    प्रशासनमा रहेका लिलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा रहेका सहसचिव गोविन्दबहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार