Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • १५० सीसी माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिवन्ध

    १५० सीसी माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिवन्ध

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 795
    SHARES

    काठमाडौं । सरकारले साउन १ गते देखि १५० सीसी इन्जिन क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिवन्ध लगाएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै सरकारले १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको हो ।



    यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।



    तीब्र आयातसँगै बढेको व्यापार घाटा कम गर्न र विदेशी मुद्रामा परेको चापलाई सन्तुलनमा राख्न सरकारले यस्तो नीति लिएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार