Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जनप्रतिनिधिलाई खानेपानीको समस्या तत्काल समाधान गर्न नारायणकाजीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफनो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई खानेपानीको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।

आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले खानेपानी कसैले मागिरहनुपर्ने अवस्था नल्याउन निर्देशन दिएका हुन्।

सबैले ५ वर्षको आफ्नो स्थानीय तहको समस्या विज्ञसँग बसेर योजना बनाउन निर्देशन दिए। उनले वृद्धभत्ता घरदैलोमा पुर्याउने व्यवस्था मिलाउन निर्देशन पनि दिए।

वृद्धवृद्धालाई बैंकमा बोकेर लिएर जानुपर्ने बाध्यता देखिएको त्यो समस्या तत्काल समाधान गरेर घरघरमै पुर्‍याउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077