Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्थानीय तहको कार्यपालिका निर्वाचनमा चप्पल हानाहान, एक पक्राउ

सप्तरी । सप्तरीको बलानविहुल गाउँपालिकामा बिहीबार कार्यपालिकाको मतदानको क्रममा जनप्रतिनिधि बीच चप्पल हानाहान भएको छ ।

कार्यपालिका निर्वाचनमा एमालेकी वडा सदस्य उर्मिला देवी गुप्ता र काँग्रेसका वडा अध्यक्ष लक्ष्मी नारायण झा बीच चप्पल हानाहान भएको हो ।

गठबन्धनमा सहमति विपरीत मतदान गरेको भन्दै एमालेकी वडा सदस्य गुप्ताले वडा अध्यक्ष झालाई चप्पल प्रहार गरेको नेपाली काँग्रेसका एक नेताले बताए । वडा अध्यक्षलाई चप्पल प्रहार गर्ने गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा सदस्यले वडा अध्यक्षलाई अभद्र ब्यवहार गरेकाले कारबाहीका लागि ईलाका प्रहरी कार्यालय कडरबोना पठाएको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।

सपा, एमाले काँग्रेस बीच गठबन्धन भएपनि काँग्रेसले एमालेप्रति आरोप लगाई जनमत पार्टीसँग सहकार्य गरी जनमत पार्टीका उम्मेदवारलाई मतदान गरी विजयी गराएको भन्दै एक आपसमा विवाद सिर्जना भएको गठबन्धनका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077