Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली अल स्टार्ससँगको अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमानसँगको खेल अगाडि भएको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा नेपाल अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४५ ओभर पाँच बलमा १ सय ९० रनमा अलआउट भयो । नेपालका आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै विनोद भण्डारीले २६, करण केसीले २१, देभ खनालले २०, रोहित पौडेल र आदिल अन्सारीले समान १६ रन बनाए । अल स्टार्सका मार्टी किनले तीन तथा मोहम्मद इलियास र आदि भाटीले दुईरदुई विकेट लिए । १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेट्टायो ।

उसका विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले । एन्द्रियस गोउस ४५ रनमा आउट भए । गौरव बजाज ४० रनमा अविजित रहे । नेपालका कप्तान सन्दीप लामिछानले ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077