Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छैन : आपूर्तिमन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य महिनामा दुई पटकभन्दा बढी मूल्यवृद्धि नगरिएको बताएका छन् ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने गरेको भन्दै स्वीकृत कार्यविधि र प्रावधान विरूद्ध दुई पटकभन्दा बढी मूल्यवृद्धि नगरिएको बताएका हुन् ।

तर मूल्य समायोजनको कार्यविधि अनुसार महिनाको बढीमा दुईपटकसम्म मूल्य समायोजन हुनसक्ने भए पनि नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा नेपाल सरकार सधैँ संवेदनशील हुने गरेको बताए।

शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको सार्वजनिक महत्त्वको प्रस्ताव सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले सरकारमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077