Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यानबहादुर हत्या प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग तरुण दलको माग

काठमाडौं । नेपाल तरुण दलले दोलखाको गौरीशंकर गाउँपालिका–३ सर्सेपुमा मृत फेला परेका यानबहादुर बस्नेत प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल तरुण दलको वडा समिति सचिवसमेत रहेका बस्नेत जेठ १० गते गौरीशंकर गाउँपालिकाको गौराबारी भन्ने स्थानमा मृत फेला परेका थिए ।

तरुण दलले यो जघन्य अपराधिक घटना कुनै अपराधिक गिरोहले राजनीतिक प्रतिशोध राखी योजनावद्ध ढंगबाट गराएको हुन सक्ने आशंका पनि गरेको छ ।

घटनाको छिटो भन्दा छिटो गहिरो अनुसन्धान गरी वास्तविकता पत्ता लगाई अपराधीलाई हदैसम्मको कानूनी कारबाही गर्न र आश्रित परिवारलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077