Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भुमिका खेल्न श्रम मन्त्री श्रेष्ठको निर्देशन

    श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भुमिका खेल्न श्रम मन्त्री श्रेष्ठको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।

    साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सिलर र श्रम सहचारीहरुको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरु दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो व्याप्त रहेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भुमिका खेल्न निर्देशन दिए ।



    श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगार दाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरुले भुमिका खेल्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।



    मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सिलर र श्रम सहचारीहरु विदेशी कानुन तथा आप्रवासी कामदारको मुद्दाबारे जानकार हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार