Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पूर्व श्रममन्त्री भण्डारीका निर्णय अध्ययन गर्न नयाँ मन्त्रीले गरे समिति गठन

    पूर्व श्रममन्त्री भण्डारीका निर्णय अध्ययन गर्न नयाँ मन्त्रीले गरे समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 378
    SHARES

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्यालले समिति गठन गरेका छन् ।

    श्रम मन्त्रालयसँग सम्बन्धित देखिएका विवादबारे अध्ययन गर्न प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।



    समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिनेछ मन्त्रालयले जनाएको छ ।



    वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयहरुमा विवाद देखिएको छ । अब निवर्तमान मन्त्री शरतसिंह भण्डारीले गरेका विवादस्पद विभिन्न निर्णयहरूको अध्ययन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार