Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाद्वारा एकैपटक धेरै मिसाइल प्रहार , जापानले दियो कडा चेतावनी

एजेन्सी। जापानको समाचार एजेन्सी क्योडोले सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले एकैपटक धेरै मिसाइल प्रहार गरेको जानकारी दिएको छ ।

समाचार एजेन्सी रोयटर्सले दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफलाई उद्धृत गर्दै यी मिसाइलहरू उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट प्रहार गरिएको बताएको छ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास एक दिन अघि समाप्त भएको छ। चार वर्षभन्दा बढी समयपछि पहिलो पटक अमेरिकी विमानले यस अभ्यासमा भाग लिएको हो ।

क्षेप्यास्त्र परीक्षणप्रति जापानले कडा प्रतिक्रिया दिएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले यो कुनै पनि हालतमा सहन नसकिने बताएका छन् ।

जापानका प्रधानमन्त्री किशिदाले उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै पटकपटक ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताए । उनले भने, 'यसमा नयाँ प्रकारको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसीबिएम) समावेश छ। यो कार्य क्षेत्रको शान्ति र स्थिरताका लागि खतरा हो। यो सहन सकिदैन । यो मिसाइल प्रक्षेपण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन पनि हो र हामी यसको घोर भर्त्सना गर्दछौं।'

अमेरिकी राष्ट्रपति जो बाइडेन गत महिना दक्षिण कोरियाको भ्रमणमा थिए । उनी फर्कने बित्तिकै उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यसको अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेको थियो।अमेरिकाले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउन संयुक्त राष्ट्र संघलाई आग्रह गरे पनि चीन र रुसले भिटो गरे।

सन् २००६ पछि पहिलो पटक चीन र रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा उत्तर कोरियामाथिको प्रतिबन्धलाई भिटो लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077