Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १० महिनामा रोजगारीका लागि विदेश जाने ५ लाखलाई श्रमस्वीकृति

    १० महिनामा रोजगारीका लागि विदेश जाने ५ लाखलाई श्रमस्वीकृति

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 882
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।

    चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तलनामा भने लगभग तेब्बर बढी हो ।



    गत आर्थिक वर्षको १० महिनामा १ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए ।



    कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको खुकुलोका कारण कोरोना संक्रमणका बीच पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार