Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुन्डी कारोबारमा संलग्न साह स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ३७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल कालिमाटी बस्दै आएका जयकमल साहलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077