Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३७ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कालिमाटीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।

आरोपीको साथबाट हुण्डी कारोबारको ३७ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१३ बस्ने कलवारलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077