Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

दुई दिन विदाको निर्णयले दुरगामी असर पार्ने भन्दै यसविरुद्ध अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्य प्रसाद खतिवडा, त्रिलोक चन्द, दिपक खनाल र तेज कुमार लोहीले रिट दर्ता गराएका हुन्।

रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

रिटमा भनिएको छ 'यति ठूलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा, सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दुरगामी असरलाई निचोरेर नहेरी, यसको विश्लेषणात्मक अध्ययन अनुसन्धानबिनै हचुवाको भरमा हप्तामा दुई दिन विदा घोषणा गरिएको अवस्था छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077