Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधुवनमा झडप, एक महिलाको मृत्यु

लुम्बिनी । बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीका अनुसार एक स्थानीय महिलाको मृत्यु भएको छ । यस क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । झडपमा प्रहरी पनि घाइते भएका छन् ।

अरु थुप्रै घाइते छन् । मधुवनको ओराली बजारमा अहिले प्रदर्शन जारी छ ।

निरन्तर यस क्षेत्रमा बाघको आक्रमण बढेपछि मधुवन—२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको छ । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।

सरकारले वन्यजन्तु पीडितप्रति उदासिन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित हुँदै गाउँगाउँबाट मानिसहरु सडकमा टायर बाल्दै विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहानैदेखि मधुवनको ओराली बजारमा प्रदर्शन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077