Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बढुवा भएका एआइजीहरुले सम्भवत: भोलि दज्यानी चिन्ह लगाउने

    एआइजीहरुको सरुवा र पदस्थापन : सिआइबीमा सुवेदी, रानीपोखरीमा धानुक

    एआइजीहरुको सरुवा र पदस्थापन : सिआइबीमा सुवेदी, रानीपोखरीमा धानुक

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । आज मात्रै बढुवा भएका नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको पदस्थापन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  पाँच जना एआइजीहरूको बढुवासँगै पदस्थापन गरेको हो। त्यस्तै केही एआइजीको सरुवा पनि भएको छ ।

    जसअनुसार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा उत्तमराज सुवेदीको पदस्थापन भएको छ  भने प्रहरी प्रतिष्ठान महाराजगञ्जमा मुकुन्द आचार्यको पदस्थापन भएको स्रोतले जनाएको छ ।



    प्रशासन विभागमा रहेका एआइजी रबिन्द्र धानुकको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ । त्यस्तै मानव स्रोत विभागमा अरुण विसीको पदस्थापन भएको स्रातले बतायो । मानव स्रोतका एआइजी विश्वराज पोखरेललाई प्रदेश समन्वय विभागमा खटाइएको छ ।



    पूजा सिंहको मानव स्रोत विकास विभाग र दिवेश लोहनीको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ ।

    सिआइबीमा पदस्थापन भएका सुवेदीले बैतडीकी भागरथी भट्ट हत्या काण्ड लगायतका घटनाको सफल अनुसन्धान गरेका थिए । क्षमतावान अधिकृतका रुपमा पहिचान बनाएका सुवेदी यसअघि बढुवामा पछि परेका थिए । बढुवा भएका एआइजीहरुले सम्भवत: मंगलबर दज्यानी चिन्ह लगाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार