Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतमा झर्यो

काठमाडौं । बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) औषतमा ९० प्रतिशतभन्दा तल झरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत शुक्रबारबाट बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतबाट तल ओर्लिएको हो। शुक्रबार नै बैंकहरुको यस्तो आनुपात औषतमा ८९.९६ प्रतिशतमा झरेको थियो।

गत आइतबारसम्ममा बैंकहरुको औसतमा सिडि रेसियो ८९.९९ प्रतिशत छ। तर पनि अहिले एक दर्जन बढी बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा माथि नै छ।

पुस अन्तिमसम्ममा बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा तल थियो माघ लागेसँगै उक्त रेसियो बढेर ९० प्रतिशतभन्दा माथि पुगेको थियो। बैंकहरुको सिडि रेसियो झण्डै ५ महिनापछि ९० प्रतिशतभन्दा तल झरेको हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै सिसिडि रेसियो खारेज गर्दै सिडि रेसियो लागु गरेको थियो। बैंकहरुलाई आगामि असार मशान्तसम्ममा सिडि रेसियो ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077