Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सुनसरी प्रहरीले भारतको अररिया बबुवान पञ्चायत घोर्ना थानाका २७ वर्षीय आमेप्रकाश पाललाई कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउण्ड गोलीसहित मंगलबार राति १:३० बजेतिर पक्राउ गरेको हो ।

प्लाष्टिकले बाँधेर लुकाई राखेको अवस्थामा पालले प्रयोग गर्ने बीआर ३९ जे ६८३५ नम्बरको मोटरसाइकलको डिकीबाट पेस्तोल र गोली बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

कुनै अपराधिक घटनाको योजना बनाएर पाल हतियारसहित नेपाल प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ। उनीविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077