Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी दिएकी नुपूर शर्माले अभिव्यक्ति फिर्ता लिने

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का एकजना वरिष्ठ अधिकारीले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि भारत डरलाग्दो कूटनीतिक झमेलामा फसेको छ ।

दस दिनअघि नुपूर शर्माले एउटा टेलिभिजन बहस कार्यक्रममा पैगम्बरबारे दिएको अभिव्यक्तिका कारण भारतीय मुस्लिम समुदाय आक्रोशित बनेको छ । अर्कोतिर विश्वका एक दर्जन भन्दा मुस्लिम मुलुकले पनि शर्माको कडा आलोचना गरेका छन् ।

आइतबार भाजपाले नुपूरलाई पार्टीको सदस्यताबाट निलम्बन गरिसकेको छ । पार्टीको दिल्ली मिडिया युनिटका अध्यक्ष नवीन कुमार जिन्दाललाई पनि नुपूरको आपत्तिजनक टिप्पणीको स्क्रिनसट ट्विटरमा सेयर गरेकाले पार्टीबाट निष्कासित गरिएको छ ।

पार्टीबाट निष्कासित गरिएपछि उनले एक विज्ञप्तिमार्फत विना सर्त आफ्नो टिप्पणी फिर्ता लिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077