Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियन कप छनोट : नेपाल र जोर्डनबीचको खेल आज

काठमाडौं । नियमित कप्तानसहित महत्त्वपूर्ण खेलाडीलाई बाहिर राखिएर बनाइएको नेपाली फुटबल टोलीले आज एएफसी एसियन कप छनोटको तेस्रो चरणमा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपालले आज कुवेतको जाबेर अल अहमद रंगशालामा समूहको पहिलो खेलमा जोर्डनविरुद्ध खेल्न लागेको हो ।

नेपाल र जोर्डनबीचको खेल नेपाली समयानुसार राति १ बजे सुरु हुनेछ । नयाँ अनुहार समेटेर बनाइएको नेपाली टोलीले कुवेत जानुअघि कतारमा १० दिनको अभ्यास गरेको थियो । कतारमा नेपालले लिस्टे टिमोर, श्रीलंका र ओमानसँग अभ्यास खेल खेलेको थियो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान किरण चेमजोङसहित रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, विमल घर्तीमगर, तेज तामाङ, विशाल राई, विशाल श्रेष्ठ, विकेश कुथु, सुमन लामालाई टोलीबाट बाहिर राख्दै नयाँ टिम बनाएका थिए ।

अलमुताइरीको ‘तानशाह’ कार्यशैलीमा असन्तुष्टि जनाउँदै खेलाडीहरूले गएको वैशाख १३ गते राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए । छनोट प्रतियोगताको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र जेठ ३१ मा इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077