Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बन्चरेडाँडाका स्थानीयको आज पनि अवरोध सिसडोलमै रोकिए फोहोरका ट्रक

काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

काठमाडौंबाट फोहोर लिएर विसर्जनस्थलतर्फ गएका ट्रकलाई अवरोध गरिएको स्थानीय श्रीराम ढुंगानाले जानकारी दिए । उनले मंगलबारदेखिकै आन्दोलन नरोकिएको बताए ।

अवरोधपछि फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल क्षेत्रमा रोकिएका छन् । मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको सुरक्षा घेरामा करिब १५० गाडीले बन्चरेडाँडामा फोहोर खसालेका थिए ।

सोमबार काठमाडौंमा बन्चरेडाँडामा फोहोर फाल्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौताले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीय आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077