Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले लगायो सुदूरपश्चिम विश्वविद्यालयमा ताला

कैलाली । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तालाबन्दी गरेको छ ।

संगठनले सुपवि कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परिक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो ।

विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परिक्षामा सहभागी हुन पाउने नियम छ तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भइरहेका संगठनका इकाई कमिटि अध्यक्ष प्रेम रावलले बताए ।

उनले भने,'नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो, व्यक्तिगत मुद्दा लिई एन।क्यु। लगाई परिक्षामा सहभागी हुनबाट बन्चित गर्न पाइदैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077