Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पाठ्यपुस्तकमा निजीको मनोमानी, तोकेकै मूल्यमा किन्न बाध्य विद्यार्थी

    पाठ्यपुस्तकमा निजीको मनोमानी, तोकेकै मूल्यमा किन्न बाध्य विद्यार्थी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 981
    SHARES

    काठमाडौं । निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् ।

    प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।



    पाठ्यक्रम विकास केन्द्रले श्यामश्वेत (एक रङ) को पाठ्यपुस्तकका लागि प्रतिपृष्ठ एक रुपियाँ १० पैसा, दुई रङका लागि प्रतिपृष्ठ एक रुपियाँ २५ पैसा र बहुरङ (रङ्गीन) का लागि प्रतिपृष्ठ एक रुपियाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ ।



    तर निजी प्रकाशकहरूले यो दरअनुसार मूल्य निर्धारण गरेका छैनन् । नियमन गर्ने निकायले पनि यसलाई देखेको नदेख्यै गर्छ । गत वर्ष पाठ्यपुस्तकसम्बन्धी देखिएका विकृतिबारे केन्द्रले त अध्ययन गरेको थियो तर त्यसको प्रतिवेदन नै हालसम्म पनि सार्वजनिक गरिएको छैन ।

    पुस्तक व्यापारमा अधिकांश निजी विद्यालयको बेग्लाबेग्लै प्रकाशनसँग सम्बन्ध हुन्छ । तिनीहरूले अभिभावकलाई तोकेकै प्रकाशन वा पसलमा तोकेकै मूल्यमा किन्न बाध्य पार्छन् । गोरखापत्र दैनिकबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार