Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा

    पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 546
    SHARES

    काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् ।

    विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा बढी गुनासो हिमाली क्षेत्रमा हुने गथ्र्यो । यस पटक भर्ना भएकै दिनमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुगेका छन् ।



    प्राथमिकतामा नपर्ने तथा ढुवानीलगायतका सहजताका कारण हिमाली र पहाडी क्षेत्रका विद्यार्थीले निकैपछि मात्र पाठ्यपुस्तक पाउने गरेका थिए ।



    तराईका जिल्लामा पाठ्यपुस्तक पुर्‍याउन सजिलो हुने भएकाले जनक शिक्षा सामग्री केन्द्रले सुरुदेखि नै हिमाली र पहाडी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरेको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार