Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्यालय नजिक पाठ्यपुस्तक

    विद्यालय नजिक पाठ्यपुस्तक

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 450
    SHARES

    काठमाडौँ । यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदैछ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ ।

    जिल्लाका स्थानीय बिक्रेताकहाँ पुगेको पुस्तक केही दिनमै विद्यालयमा पुग्ने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् ।



    वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । पाठ्यपुस्तक भने ७७ वटै जिल्लामा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।



    आफ्नो नौ वटा प्रादेशिक कार्यालय र डिपोमार्फत एक हजार २६७ वटा स्थानीय बिक्रेताकहाँ पुस्तक पुगिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले बताए । उनका अनुसार स्थानीय बिक्रेतामार्फत सम्बन्धित विद्यालयले पाठ्यपुस्तक लैजाने छन् । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार