Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन

धरान । वडाध्यक्षहरु नै अनुपस्थित भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन ।

बिहीबार दिउँसो २ बजे बोलाएको वैठकमा वडाध्यक्षहरु नआएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो । धरानमा मेयरबाहेक २७ जना कार्यपालिका सदस्य छन् ।

बैठकमा नगएका वडाध्यक्षहरुले भने आफूहरुलाई धरान विरोधीका रुपमा प्रस्तुत गरेको गुनासो गर्छन् ।

धरानका मेयर हर्क साम्पाङले नगर कार्यपालिकाको पहिलो बैठकमै खोला उत्खनन नगर्ने, आवश्यक परे उपमहानगर आफैंले गर्ने प्रस्ताव राखेका थिए । वडाध्यक्षहरुले भने नगरको राजश्वसँग जोडिएको भन्दै अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077