Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विदेशी मुद्राको सञ्चिति घट्यो

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

२०७८ असार मसान्तसम्म १३९९ अर्ब ३ करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो १० महिनामा विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले कमी आएको छ

चैत महिनासम्म रहेको विदेशी मुद्रा सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखिएको थियो । १० औं महिनासम्म आउँदा सञ्चिति अझ कम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077