Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानका पूर्व राष्ट्रपति मुसरफ अस्पताल भर्ना

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना भएका छन् । पछिल्लो तीन हप्तादेखि दुवईस्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन्।

सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन्। उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरिरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ।

मुसरफको ट्वीटर हेन्डलमै उनका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उनलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ। उनको अवस्थामा सुधार होस् भनेर आफूहरुले प्रार्थना गरिरहेको पनि उनका आफन्तले बताएका छन्।

ट्वीटरमा लेखिएको छ, “उनलाई भेन्टिलेटरमा राखिएको होइन। उनको अवस्था गम्भीर छ। तत्काल सुधार हुने संभावना पनि छैन। उनका अधिकांश अंगले काम गरेका छैनन्। त्यसैले उनलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ।”

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो। सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्य सत्ता हातमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077