Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप छनोट : आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत शनिबार आयोजक टोली कुवेतसँग खेल्दै छ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलमा घरेलु टोलीको सामाना गर्न लागेको हो।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ।

बलियो टिम कुवेतविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो।

छनोटको समूह 'ए' मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077