Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप छनोट : कुवेतसँग नेपाल ४–१ गोलले पराजित, मुख्य प्रशिक्षक अलमुताइरी बिरामी

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ ।

गएराति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।

यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ ।

कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । यस्तैनेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमै बेहोस भएका छन् । एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा प्रशिक्षक अलमुताईरी मैदानमै बेहोस् भएर लडेका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । कुवेतविरुद्धको खेल जारी रहेको समयमा मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेपछि उनलाई अक्सिजन लगाएर अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077