Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले सचिवालय बैठक भोलि, तीन एजेण्डा तय

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ ।

सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको हो ।

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।

नेकपा एमालेका नेताहरुले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको तथा कतिपय स्थानमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचेअनुरुप नतिजा नआएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077