Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बठैक आज पनि बस्द, विनियोजन विधेयकमा उठेका प्रश्नहरूको मन्त्रीले जवाफ दिँदै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बठैक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् । आइतवारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

बोल्ने क्रम सकिएसँगै सोमवारदेखि मन्त्रीले यसको जवाफ दिँदैछन् ।

संसद् सचिवालयका अनुसार सोमबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्राय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन विधेयकका शीर्षमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077