Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आणविक युद्ध सुरु भए पूरै युरोप ध्वस्त हुने चेतावनी

एजेन्सी । रुसी संघीय सभाको तल्लो सदन स्टेट डुमा अध्यक्ष भियाचेस्लाभ भोलोदिनले युक्रेनलाई आणविक हातहतियार आपूर्ति गरिए सुरु हुने संभावित आणविक युद्धले युरोपेली महादेश नै ध्वस्त पार्ने चेतावनी दिएका छन् । उनले पोल्यान्डका पूर्व विदेशमन्त्री रादोस्लाव सिकोर्स्कीलाई उद्धृत गर्दै यस्तो चेतावनी दिएका हुन् ।

टेलिग्राम–च्यानलले भोलोदिनको भनाइ राखेको छ, 'सिकोर्स्की युरोपको मध्य भागमा आणविक युद्धका लागि उक्साइ रहेका छन् । उनले युक्रेन र पोल्यान्डका भविष्यबारे सोचेको छैनन् । यदि उनको सल्लाहहरू पूरा गरिए भने यी दुई मुलुक लगायत युरोपकै अस्तित्व समाप्त हुनेछ ।

सिकोस्र्की र उनी जस्तैका कारण युक्रेनलाई नाजी सिद्धान्तबाट नभइ सेनाबाट समेत मुक्त गराई त्यसलाई आणविक हतियाररहित अवस्थामा पुर्‍याउनु आवश्यक भएको हो । सिकोस्र्की जस्ता विधायकहरूले युरोपलाई अझै धेरै समस्यामा पार्नेछन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077